
यो प्रदेशमा संविधानको अनुसूची -४ बमोजिम नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रूपन्देही, कपिलबस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, रूकुम(पूर्वी भाग), रोल्पा, प्यूठान, दाङ, बाँके, बर्दिया गरी बाह्र जिल्लाहरू रहेका छन । बाह्र जिल्लामध्ये पहाडमा ६ जिल्ला र तराईमा ६ जिल्ला रहेका छन् । यस प्रदेशमा ४ उपमहानगरपालिका, ३२ नगरपालिका र ७३ गाउँपालिका गरी कूल १०९ वटा स्थानीय तहहरू रहेका छन । उत्तरमा पुथा हिमालदेखि दक्षिणमा मर्चवारसम्म, पूर्वमा त्रिवेणी सुस्तादेखि पश्चिममा राजापुरसम्म जम्मा १७,८१० वर्ग किलोमिटर भूभाग रहेको छ । नेपालको कूल क्षेत्रफलको १२.१ प्रतिशत हिस्सा ओगटेको छ । जनगणना २०६८ बमोजिम कूल जनसंख्याको ४५,४०,२२२(१७.१४ प्रतिशत) जनसंख्या रहेको देखिन्छ । यस प्रदेशको आफ्नै मौलिक विशषेता हुनुका साथै शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनी, तिलौराकोट तथा थुप्रै बुद्धकालीन ऐतिहासिक र सांस्कृतिक महत्वका सम्पदाहरू यसै प्रदेशमा पर्दछन । एसियाकै ठूलो दाङ उपत्यका यो प्रदेशमा पर्दछ । संविधानको अनुसूची -४ मा उल्लेख गरिएका सात वटा प्रदेश मध्येको यो प्रदेशको नाम लुम्बिनी प्रदेश हो भने अस्थायी राजधानी बुटवललाई तोकिएको छ । मिति २०७७/०६/२० को प्रदेश सभाको निर्णयबाट यस प्रदेशको राजधानी राप्ती उपत्यका(देउखुरी) दाङ र नामाकरण लुम्बिनी प्रदेश कायम भएको छ ।
सम्पती विवरण फारम (Word Format) | कात्तिक १६, २०७७ |
||
सम्पती विवरण फारम (Pdf) | कात्तिक १६, २०७७ |
||
संघबाट प्रदेश सरकार प्रदेश नं. ५ अन्तर्गत कामकाज गर्न खटिएका कर्मचारीहरुको विवरण भर्ने फाराम (Word Format) | असार २०, २०७७ |
||
संघबाट प्रदेश सरकार अन्तर्गत कामकाज गर्न खटिएका कर्मचारीहरुको विवरण भर्ने फाराम (PDF Format) | असार २०, २०७७ |
एक्सेल चेक | असार २०, २०७७ |
स्वतः प्रकाशन २०७७-०६-१५ | कात्तिक १६, २०७७ |
||
कर्मचारी अध्ययन छात्रबृति मापदण्ड २०७७ | कात्तिक १६, २०७७ |
||
प्रदेश प्रशिक्षण प्रतिष्ठान (गठन तथा कार्यसञ्चालन)आदेश,२०७७ | कात्तिक १६, २०७७ |
||
नीति तथा कार्यक्रम २०७५/७६ | कात्तिक १६, २०७७ |
प्रदेश नं. ५ को अनुदान व्यवस्थापन एकीकृत मार्गदर्शन, २०७६ | असार २०, २०७७ |
||
नीति कार्यक्रम २०७७/७८ | असार २०, २०७७ |
पौष महिनाको खर्चको फाँटवारी | माघ ९, २०७७ |