लुम्बिनी प्रदेशका माननीय मुख्यमन्त्री डिल्ली बहादुर चौधरीज्यूको बारेमा
नाम : डिल्ली बहादुर चौधरी
जन्ममिति : २०२६ असार १५
आमा : सोमती चौधरी
बुवा : टुकलाल चौधरी
स्थायी ठेगाना : तुलसीपुर उपमहानगरपालिका ६ डुम्रीगाउँ
शिक्षा : स्नातक (सामुदायिक विकास )
नेपाली काङ्ग्रेसको २०६४ देखि निरन्तर महसमिति सदस्य निर्वाचित
संविधान सभा सदस्य २०७०
श्रम राज्य मन्त्री २०७३-७४
प्रदेश सभा सदस्यमा निर्वाचित, दाङ ३(१) २०७४
पर्यटन, ग्रामिण तथा सहरी विकास मन्त्री २०७८-८९ पुस २७ सम्म
प्रदेश सभा सदस्यमा निर्वाचित, दाङ ३ (१) २०७९
संसदीय दलको नेता नेपाली काँग्रेस २०७९
१७ वर्षको उमेरमा नै सामाजिक नेतृत्व
सामाजिक र राजनीतिक याता सुरु २०४२ देखि विभिन्न पदमा र नेतृत्वमा गरेको। 
२०५७ मा कमैया आन्दोलनको अगुवाइ गरि कमैया मुक्तिको घोषणा गर्न सफल बनाउने नेतृत्वकर्ता।
विश्वका ३० वढी राष्ट्रको भ्रमण र विभिन्न विश्वविद्यालयमा अध्यापन गरेको अनुभव।

पृष्ठभुमि
कुनै वेला डिल्ली चौधरीको परिवार जमिन्दारको घरमा कमैया बसेको थियो। पढाइ लेखाइ उनको समुदायमै आकाशको फल जस्तै थियो। चौधरी समुदायका उनै मान्छे अर्थात डिल्ली वहादुर चौधरीको यात्रा वेसदेखि प्रदेश सम्मै चर्चामा छ। लुम्बिनी प्रदेशका पर्यटन ग्रामिण तथा सहरी विकास मन्त्रीको रुपमा प्रदेश सरकारका डेढ वर्ष काम गरेका चौधरी यस वर्षको निर्वाचनबाट मुख्यमन्त्रीको लाईनमा पुगेका हुन।
२०४२ साल देखि राजनीति र सामानिक सेवामा सक्रिय चौधरी भारी मतान्तर सहित यस पटक दाङ निर्वाचन क्षेत्र नं ३ (१) बाट प्रदेश समा सदस्यका लागि दोस्रो पटक निर्वाचित भएका हुन। अहिले लुम्बिनीको नेतृत्वमा पुगेका छन।
चौधरीले थारु समुदाय  सहित अन्य अल्पसंख्यक गरीविको रेखा मुनी रहेका नागरीकहरुलाई समेत शिक्षाको उज्यालो दिन व्याकवार्ड सोसाइटी (बेस) मार्फत उनी टुकि लिएर गाउँगाउँ छिरे।
लाखौं सीमान्तकृत समुदायलाई ज्ञानको प्रकाश छरे। जसको चर्चा यहाँ मात्रै हैन विश्वभर नै उत्तिकै भइरहेको छ।
कमैया मुक्ति आन्दोलन र थारु समुदायमा शिक्षाको दियो वाल्ने चौधरी वाल अधिकारको क्षेत्रमा पनि क्रियाशिल बने। भारतका वालवचाओ अभियानका कैलास सत्यार्थिसंगको सम्वन्धका कारण उनी वालवालिकाको शिक्षाका क्षेत्रमा पनि क्रियाशिल भए।
१७ वर्षको कलिलो उमेरमा नै डिल्लीबहादुर चौधरीले नेपालको सामाजिक, राजनीतिक र आर्थिक रुपमा विपन्न तथा पिछडिएका जनताको उत्थानको लागि संगठन बनाएर आफ्नो जीवनकालको महत्वपूर्ण कामको सुरुवात गरे। नेपालको तत्लो तराई क्षेत्रमा बसोबास गर्ने, राज्यको सेवा र स्रोतका साथै विविध पक्षले बञ्चितीकरणमा परेका आदिवासी थारु र पछिपरेका अन्य समुदायमा केन्द्रित भएर कार्यलाई अगाडी बढाइरहदा उनको कामले नेपाल र नेपाल बाहिरका विभिन्न क्षेत्र तथा देशमा पनि सकारात्म प्रभाव पारेको छ।
थारु समुदायमा जमिन्दारहरुले दासताको प्रभाव बढाएर आर्थिक तथा सामाजिक श्रमिक शोषण गर्न थाले। पुस्तौं पुस्तासम्म थारुहरु माथी गर्ने शोषण झन्झनै वढ्दै गयो र पुस्तौ सम्म थारुहरु ऋणमा अल्झीदै गए। त्यस पछि कमैया मुक्तीको आन्दोलनमा उनी लागे सफल पनि भए। राजनीति परिवर्तन र  सशक्तिकरणमा जुटेका चौधरीलाई तत्कालिन निरंकुश पञ्चायत शासन ब्यवस्थाले देशद्रोही भएको आरोप लगाउदै प्रहरी हिरातमा पनि धेरै पटक बसेका छन।

अहिले सम्म पाएका पुरस्कार र सम्मानहरु:-
डिल्लीबहादुर चौधरीको कामको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मान्यतामा निम्न पुरस्कारहरु समावेश छन्। त्यहि कारण उनले अशोका फेलोशिस अवार्ड, संयुक्त राज्य अमेरिका (१९९२), रिवोक अन्तराष्ट्रिय मानवअधिकार पुरस्कार, संयुक्त राज्य अमेरिका (१९९४) सो पुरस्का अमेरिकी भूतपूर्व राष्ट्रिपती जिमि कार्टरबाट प्राप्त भएको हो। द एन्टिस्लेभरी इन्टरनेशनल अवार्ड, यूके (२००२) दासता विरुद्ध काम गरेवाफत प्राप्त गरेका चौधरी नेपाल सरकारबाट पुरस्कृत २ पुरस्कारहरुः सुप्रवल गोर्खा दक्षिण बाहु तेस्रो (१९९४) र सुप्रबल गोर्खा दक्षिण बाहु त्रिशक्ति पट्ट (२००४) तथा राम कृष्ण जयदयाल हार्मनी अवार्ड, भारत (२००३) दिल्लीका तत्कालीन मुख्यमन्त्रीबाट प्राप्त गर्ने सामाजिक अभियन्ता हुन्।
संसदीय यात्रा र काम:-
दाङ निर्वाचन क्षेत्र नं ३ ( १) बाट प्रदेशसभा सदस्यमा निर्वाचित चौधरीको अवको लक्ष प्रदेशको नेतृत्वगर्ने छ।
सामाजिक अभियन्ताका रुपमा चिनिएका चौधरीलाइ संघिय सरकारले पनि मुल्यांकन गर्यो। त्यसैले उनी राजनितिमा समानुपातिक सांसदका रुपमा राजनितिमा तानिए। २०७०-०७४ का संविधान सभा सदस्यको रुपमा रहे। सोहि समयमा उनी श्रमराज्य मन्त्रीको पनि भुमिकामा रहे। बैदेशिक रोजगारलाई सहज र व्यवस्थित बनाउन पनि चौधरीको छोटो समयमै अर्थपूर्ण योगदान रह्यो। दोस्रो पटक प्रदेश सभामा निर्वाचित उनी लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा प्रस्तावित व्यक्ति हुन।
यस अघि उनले लुम्विनी प्रदेशको सार्वजनिक लेखा समितिका सभापतिको भुमिका मात्रै निर्वाह गरेनन्, सो पदमा आसिन रहंदा प्रदेश सरकारमा ह्वाइट वडि (सेता गाडी) काण्डलाई उजागर गर्दै कमिशनमा खरीद भएको आफैले चढेको गाडि पनि स्टोरमै फिर्ता गरेका थिए। प्रदेश सरकारको गुमेको झण्डै ६० लाख रुपैया फिर्ता गराएका थिए। दाङलाई राजधानी घोषणा गर्ने र कार्यान्वयन गर्ने सन्दर्भमा उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। उनकै कार्यकालमा राजधानीको पूर्वाधार निर्माणको काम समेत सुरु भएको थियो।