लुम्बिनी प्रदेशमा संविधानको अनुसूची -४ बमोजिम नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रूपन्देही,  कपिलबस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, रूकुम(पूर्वी भाग), रोल्पा, प्यूठान, दाङ, बाँके, बर्दिया गरी बाह्र जिल्लाहरू रहेका छन । कुल१२ जिल्ला समावेश भएको लुम्बिनी प्रदेश अन्तर्गत तराईमा ६, पहाडमा ५ र हिमालमा १ गरी १२ जिल्ला रहेका छन्। । प्रशासनिक एकाईका रूपमा १०९ स्थानीय तह रहेको यस प्रदेशमा ४ उपमहानगरपालिका, ३२ नगरपालिका र ७३ गाउँपालिका  र ९८३ वडा रहेका छन्। । उत्तरमा पुथा हिमालदेखि दक्षिणमा मर्चवारसम्म, पूर्वमा त्रिवेणी सुस्तादेखि पश्चिममा राजापुरसम्म जम्मा १७,८१० वर्ग किलोमिटर भूभाग रहेको छ  । नेपालको कूल क्षेत्रफलको १२.१ प्रतिशत हिस्सा ओगटेको छ । जनगणना २०७८ बमोजिम यस  प्रदेशको कुल जनसंख्या ५१,२२,०७८ जनसंख्या रहेको देखिन्छ । जस मध्ये पुरुषको संख्या २४,५४,४०८ (४७.९२ प्रतिशत) र महिला २६,६७,६७०  (५२.०८ प्रतिशत) रहेको छ । यस प्रदेशको जनघनत्व २३० प्रति वर्ग कि मि रहेको र लैंगिक अनुपात ९२.०१ रहेको छ । यस प्रदेशको आफ्नै मौलिक विशषेता हुनुका साथै शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनी, तिलौराकोट तथा थुप्रै बुद्धकालीन ऐतिहासिक र सांस्कृतिक महत्वका सम्पदाहरू यसै प्रदेशमा पर्दछन  । एसियाकै ठूलो दाङ उपत्यका यो प्रदेशमा पर्दछ ।  संविधानको अनुसूची -४ मा उल्लेख गरिएका सात वटा प्रदेश मध्येको यो प्रदेशको नाम लुम्बिनी प्रदेश हो  । मिति २०७७/०६/२० को प्रदेश सभाको निर्णयबाट यस प्रदेशको राजधानी राप्ती उपत्यका(देउखुरी) दाङ र नामाकरण लुम्बिनी प्रदेश कायम भएको छ ।

राम प्रसाद भट्टराई

उपसचिव (सूचना अधिकारी तथा गुनासो सुन्ने अधिकारी)

आइतबार
Sunday
सोमबार
Monday
मंगलबार
Tuesday
बुधबार
Wednesday
बिहिबार
Thursday
शुक्रबार
Friday
शनिबार
Saturday
15
16
17
18
19
20
21
22
23
१०24
११25
१२26
१३27
१४28
१५29
१६30
१७31
dsadasd
१८1
१९2
२०3
२१4
२२5
२३6
२४7
dsadasd
२५8
२६9
२७10
२८11
२९12
३०13
३१14

जेठ २३, २०८२

१९ जेठ

dsadasd

dsadas