वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यम गरी बसेका उद्यमीलाई राष्ट्रिय सम्मान तथा पुरस्कारको लागि आवेदन दिने सम्बन्धी सूचना ।
रोष्टरमा सूचीकृत हुने सम्बन्धमा ।
राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार सम्बन्धी सूचना !!
मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रमको लागि प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना !

डिल्ली बहादुर चौधरी

माननीय मुख्यमन्त्री

राधिका अर्याल

प्रमुख सचिव

निराजन घिमिरे

प्रदेश सचिव [प्रवक्ता]
हाम्रो बारे

लुम्बिनी प्रदेशमा संविधानको अनुसूची -४ बमोजिम नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रूपन्देही,  कपिलबस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, रूकुम(पूर्वी भाग), रोल्पा, प्यूठान, दाङ, बाँके, बर्दिया गरी बाह्र जिल्लाहरू रहेका छन । कुल१२ जिल्ला समावेश भएको लुम्बिनी प्रदेश अन्तर्गत तराईमा ६, पहाडमा ५ र हिमालमा १ गरी १२ जिल्ला रहेका छन्। । प्रशासनिक एकाईका रूपमा १०९ स्थानीय तह रहेको यस प्रदेशमा ४ उपमहानगरपालिका, ३२ नगरपालिका र ७३ गाउँपालिका  र ९८३ वडा रहेका छन्। । उत्तरमा पुथा हिमालदेखि दक्षिणमा मर्चवारसम्म, पूर्वमा त्रिवेणी सुस्तादेखि पश्चिममा राजापुरसम्म जम्मा १७,८१० वर्ग किलोमिटर भूभाग रहेको छ  । नेपालको कूल क्षेत्रफलको १२.१ प्रतिशत हिस्सा ओगटेको छ । जनगणना २०७८ बमोजिम यस  प्रदेशको कुल जनसंख्या ५१,२२,०७८ जनसंख्या रहेको देखिन्छ । जस मध्ये पुरुषको संख्या २४,५४,४०८ (४७.९२ प्रतिशत) र महिला २६,६७,६७०  (५२.०८ प्रतिशत) रहेको छ । यस प्रदेशको जनघनत्व २३० प्रति वर्ग कि मि रहेको र लैंगिक अनुपात ९२.०१ रहेको छ । यस प्रदेशको आफ्नै मौलिक विशषेता हुनुका साथै शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनी, तिलौराकोट तथा थुप्रै बुद्धकालीन ऐतिहासिक र सांस्कृतिक महत्वका सम्पदाहरू यसै प्रदेशमा पर्दछन  । एसियाकै ठूलो दाङ उपत्यका यो प्रदेशमा पर्दछ ।  संविधानको अनुसूची -४ मा उल्लेख गरिएका सात वटा प्रदेश मध्येको यो प्रदेशको नाम लुम्बिनी प्रदेश हो  । मिति २०७७/०६/२० को प्रदेश सभाको निर्णयबाट यस प्रदेशको राजधानी राप्ती उपत्यका(देउखुरी) दाङ र नामाकरण लुम्बिनी प्रदेश कायम भएको छ ।

सूचना तथा प्रेस बिज्ञप्ति
पदाधिकारी / कर्मचारी
सुचना अधिकारी
डाउनलोड
कार्यक्रम
प्रकाशन