लुम्बिनी प्रदेशमा संविधानको अनुसूची -४ बमोजिम नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रूपन्देही, कपिलबस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, रूकुम(पूर्वी भाग), रोल्पा, प्यूठान, दाङ, बाँके, बर्दिया गरी बाह्र जिल्लाहरू रहेका छन । कुल१२ जिल्ला समावेश भएको लुम्बिनी प्रदेश अन्तर्गत तराईमा ६, पहाडमा ५ र हिमालमा १ गरी १२ जिल्ला रहेका छन्। । प्रशासनिक एकाईका रूपमा १०९ स्थानीय तह रहेको यस प्रदेशमा ४ उपमहानगरपालिका, ३२ नगरपालिका र ७३ गाउँपालिका र ९८३ वडा रहेका छन्। । उत्तरमा पुथा हिमालदेखि दक्षिणमा मर्चवारसम्म, पूर्वमा त्रिवेणी सुस्तादेखि पश्चिममा राजापुरसम्म जम्मा १७,८१० वर्ग किलोमिटर भूभाग रहेको छ । नेपालको कूल क्षेत्रफलको १२.१ प्रतिशत हिस्सा ओगटेको छ । जनगणना २०७८ बमोजिम यस प्रदेशको कुल जनसंख्या ५१,२२,०७८ जनसंख्या रहेको देखिन्छ । जस मध्ये पुरुषको संख्या २४,५४,४०८ (४७.९२ प्रतिशत) र महिला २६,६७,६७० (५२.०८ प्रतिशत) रहेको छ । यस प्रदेशको जनघनत्व २३० प्रति वर्ग कि मि रहेको र लैंगिक अनुपात ९२.०१ रहेको छ । यस प्रदेशको आफ्नै मौलिक विशषेता हुनुका साथै शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनी, तिलौराकोट तथा थुप्रै बुद्धकालीन ऐतिहासिक र सांस्कृतिक महत्वका सम्पदाहरू यसै प्रदेशमा पर्दछन । एसियाकै ठूलो दाङ उपत्यका यो प्रदेशमा पर्दछ । संविधानको अनुसूची -४ मा उल्लेख गरिएका सात वटा प्रदेश मध्येको यो प्रदेशको नाम लुम्बिनी प्रदेश हो । मिति २०७७/०६/२० को प्रदेश सभाको निर्णयबाट यस प्रदेशको राजधानी राप्ती उपत्यका(देउखुरी) दाङ र नामाकरण लुम्बिनी प्रदेश कायम भएको छ ।
प्रेस विज्ञप्ती २०८०।१२।२६ |
असार १७, २०८१
|
||
प्रेस विज्ञप्ती 2078/07/04 |
कात्तिक ४, २०७८
|
||
कोरोना भाइरस COVID-19 नियन्त्रण तथा उपचार कोषमा मुख्यमन्त्री तथा म.प.कार्यालयका कर्मचारीहरुबाट जम्मा गरिएको विवरण |
कात्तिक १५, २०७७
|
||
परिपत्र, निर्णय कार्यान्वयन सम्बन्धमा । |
कात्तिक १५, २०७७
|
प्रस्तावना स्वीकृत गर्ने आशयको सूचना !!! | जेठ ९, २०८१ |
||
आशयको सूचना | असोज ५, २०८० |
||
स्टेशनरी तथा कार्यालय मसलन्द खरिद सम्बन्धी e-bidding सहित शिलबन्दी दरभाउ पत्र आव्हान | भदौ ५, २०८० |
||
Invitation for EOI (Expression of Interest) | साउन ३१, २०८० |
राष्ट्रिय जनगणना २०७८ मुख्य नतिजा लुम्बिनी प्रदेश | जेठ ३२, २०८० |
||
कर्मचारी आवास सुविधा व्यवस्थापन कार्यविधि, २०७९ | चैत १६, २०७९ |
||
प्रदेश सरकार (कार्य विभाजन नियमावली), २०७९ | फागुन ४, २०७९ |
||
एक्सेल चेक | असार २०, २०७७ |
आ.व. ०७८/७९ पौष महिनाको खर्चको फाँटवारी | माघ ५, २०७८ |
||
आ.व. ०७७/७८ को खर्चको फाँटवारी | भदौ १५, २०७८ |
||
प्रदेश स्थापनाको तीन बर्ष | साउन २५, २०७८ |
||
पौष महिनाको खर्चको फाँटवारी | माघ ९, २०७७ |