A.D: Jun 26, 2025
म बीरेन्द्र घर्ती हुँ। मेरो स्थायी ठेगाना शारदा नगरपालिका–५, रातामाटा, सल्यान हो। हाल म रोजगारीको सिलसिलामा विगत दुई वर्षदेखि घोराही, दाङमा बसोबास गर्दै आएको छु। मेरो परिवारमा ८ जना सदस्यहरू हुनुहुन्छ, र पारिवारिक सहयोग मेरो प्रेरणाको मुख्य आधार हो।
म २०७५ सालको कात्तिक १३ गतेदेखि नेपाल सरकारको निजामती सेवामा आबद्ध छु। हाल म लुम्बिनी प्रदेश सरकार अन्तर्गत मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कम्प्युटर अपरेटर पदमा कार्यरत छु। मेरो कार्यक्षेत्र सूचना प्रविधि आधारित सेवा प्रवाह प्रणाली सुदृढ गर्न समर्पित छ।
लुम्बिनी प्रदेश सरकारको ‘एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (GIOMS)’ को सफल सञ्चालन, प्राविधिक सहयोग, र Installation कार्यहरूमा निरन्तर संलग्न रही आएको छु। यस प्रणालीमार्फत कार्यालय व्यवस्थापनलाई पूर्णरूपमा डिजिटलाइज गर्ने उद्देश्यका साथ मैले प्राविधिक दक्षता विकास गर्दै आएको छु।
म वेब विकास (Web Development) प्रति गहिरो रुचि राख्दछु। HTML, CSS, र JavaScript को राम्रो ज्ञानसहित प्रयोगकर्ता-अनुकूल वेब समाधानहरू विकास गर्न सक्षम छु। साथै, म डेटा विश्लेषण (Data Analysis), रिपोर्टिङ, र Visualization टुलहरू प्रयोग गरी निर्णय प्रक्रियालाई सहयोग पुर्याउने क्षमतामा निपुण छु।
साइबर सुरक्षा सम्बन्धी आधारभूत ज्ञान, नेटवर्क सुरक्षाको प्राथमिकता, तथा डिजिटल सेवा प्रदायक संस्थाहरूमा आवश्यक सुरक्षा मापदण्डको प्रयोग गर्ने कुरामा म सजग छु। भविष्यमा लुम्बिनी प्रदेशलाई पूर्ण रूपमा सूचना प्रविधि समावेशी प्रशासनिक प्रणालीमा रूपान्तरण गर्न योगदान पुर्याउने मेरो दृढ उद्देश्य रहेको छ ।